काठमाडौँ । सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद् बैठक बसिरहेको छ । परिषदका अध्यक्ष समेत रहेका प्रधानमन्त्री बालेन शाहको आह्वानमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बैठक बसेको हो । प्रधानमन्त्री बनेपछि शाहले पहिलोपटक आज बैठक बोलाएका हुन् ।
सुनसरीको देवानगञ्ज गोलीकाण्ड र विभिन्न जिल्लामा उत्पन्न परिस्थिति र समसामयिक विषय बैठकको मुख्य एजेण्डा रहेको प्रधानमन्त्रीको सचिवालयले जनवाएको छ ।
राष्ट्रिय सुरक्षा परिषदमा प्रधानमन्त्री, रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव र नेपाली सेनाका प्रधान सेनापति रहन्छन् । परिषदमा रक्षा सचिवले सदस्य सचिवको रुपमा काम गर्छन् ।
आजको बैठकमा गृहमन्त्री सुधन गुरुङ, परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री स्वर्णिम वाग्ले, मुख्य सचिव गोविन्द कार्की, प्रधान सेनापति अशोक सिग्देल र रक्षा सचिव सहभागी छन् ।


प्रतिक्रिया दिनुहोस्