काठमाडौँ । राहदानी विभागले सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै सार्वजनिक विदाको दिनमा पनि सेवा सूचारु गर्ने भएको छ ।
विभागले एक विज्ञप्ती जारी गर्दै दक्षिण कोरियाको रोजगारी अनुमति प्रणाली (इपिएस)अन्र्तगत आवेदन दिने म्यादलाई ध्यानमा राखी राहदानी आवेदन खुला राखिएको जनाएको छ ।
विभागले आगामी साउन १८ गतेसम्म (सार्वजनिक बिदाका दिन शनिबार र आइतबार समेत) राहदानी आवेदन फाराम खुला राख्ने जनाएको हो।
राहदानी विभागले आवेदन फाराम भरेका सेवाग्राहीलाई फाराममा उल्लेख गरिएको मिति र समयमा अनिवार्य रूपमा विभागमा उपस्थित भई राहदानी सेवा लिन आग्रह गरेको छ।
विभागका अनुसार राहदानी सेवा सहज र प्रभावकारी बनाउन सेवाग्राहीको चाप व्यवस्थापन गर्ने उद्देश्यले आवेदन प्रणाली केही दिन थप खुला राख्ने निर्णय गरिएको हो।


प्रतिक्रिया दिनुहोस्