सुनसरीको देवानगञ्ज घटनाका अर्का घाइतेको पनि निधन


काठमाडौँ । सुनसरीको देवानगञ्जमा आइतबार राति प्रहरीको गोली लागेर घाइते भएका अर्का एकजनाको उपचारका क्रममा मृत्यु भएको छ । विराटनगरको न्यूरो अस्पतालमा उपचाररत् देवानगञ्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको बिहीबार दिउँसो साढे १ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । योसँगै मृत्यु हुनेको संख्या २ पुगेको छ ।

उक्त घटनामा गोली लागेर घाइते भएका अन्य ८ जनाको विराटनगरकै न्युरो, विराट नर्सिङ होम र नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । घटनामा सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी घाइते भएका थिए ।