काठमाडौँ । सरकारले एनसेलको सेयर खरिद–बिक्रीका सम्बन्धमा पूर्व महालेखापरीक्षक टङ्कमणि शर्मा दङ्गालको संयोजकत्वमा गठित छानबिन समितिले बुझाएको प्रतिवेदनलाई पनि सार्वजनिक गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।
सार्वजनिक चासोको विषय बनेको विषय बनेको भन्दै आज बसेकाे मन्त्रिपरिषद् बैठकले प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको हो ।
सेयर खरिदबिक्री सम्बन्धी विवाद बढेपछि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वकाे सरकारले २०८० मङ्सिर २१ गते पूर्व महालेखापरीक्षक टङ्कमणि शर्माको संयोजकत्वमा ५ सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो ।
समितिलाई एनसेलको सेयर खरिदबिक्रीमा प्रचलित नेपाली कानून, नियम र कर प्रणालीको पालना भए–नभएकोबारे विस्तृत अध्ययन गर्ने जिम्मा दिइएको थियो ।
एनसेल सेयर खरिद–बिक्री सम्बन्धी उच्चस्तरीय छानबिन समितिले २०८० माघ १५ गते प्रतिवेदन बुझाएको थियो ।
प्रतिवेदन बुझाए पनि सार्वजनिक गरिएको थिए । अहिले स्मार्ट सेल प्रकरण चर्किरहेका बेला सरकारले प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको हो ।


प्रतिक्रिया दिनुहोस्