२४ सय रूपैयाँले घट्यो सुनको मूल्य


काठमाडौँ । सोमबार छापावाल सुनको मूल्य तोलामा २ हजार ४०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ३ लाख ९ हजार रूपैयाँ रहेको छापावाल सुनको मूल्य सोमबार ३ लाख ६ हजार ६०० रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदीको मूल्य प्रतितोला ४ हजार ७८० रूपैयाँ कायम भएको छ ।