रसुवाको भोटेकोशीमा आएको बाढीपछि खोजी तथा उद्धार कार्य तिब्र


रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते बुधवार आएको भीषण बाढीका कारण ठूलो मात्रामा जनधनको क्षति भएको छ । 
बाढी प्रभावित क्षेत्रमा हाल बेपत्ता भएकाहरूको खोजी तथा जोखिममा परेकाहरूको उद्धार कार्यलाई निरन्तरता दिइएको छ ।

बाढीका कारण विस्थापित भएका परिवारहरूको राहत व्यवस्थापन र फसेका व्यक्तिहरूको उद्धारका लागि सरकारले सक्रियता देखाएको छ । यसका साथै, बाढीमा परी ज्यान गुमाएकाहरूको शव संकलन तथा व्यवस्थापनको कार्य समेत तदारुकताका साथ अगाडि बढाइएको छ ।

स्थानीय प्रशासन र सम्बन्धित निकायहरूले प्रभावित क्षेत्रमा राहत र पुनस्र्थापनाका कार्यहरूलाई प्राथमिकतामा राखेर काम गरिरहेका छन् ।