इप्पानमा आबद्ध ऊर्जा उद्यमीहरूद्वारा भोटेकोशी बाढीपीडितका लागि १३ करोड रुपैयाँ सहयोग


काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)मा आबद्ध ऊर्जा उद्यमीहरूले भोटोकोशी बाढी पीडितका लागि संयुक्त रूपमा १३ करोड रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका छन् ।

भोटेकोसी नदीमा आएको बाढी प्रभावितहरूको उद्धार, राहत र पुनःर्निर्माणको लागि रु १३ करोड एक रकम बराबरको चेक हस्तान्तरण गरिएको इप्पानले जनाएको छ । इप्पानमा आबद्ध ऊर्जा उद्यमीहरूको तर्फबाट अध्यक्ष मोहनकुमार डाँगीले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई सिंहदरबार स्थित मन्त्रालयमा सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् ।

इप्पानका अध्यक्ष डाँगीले ऊर्जा उद्यमीहरू सङ्कटको घडीमा राज्यको विपद् कोषमा आर्थिक सहयोग गरेको बताए । उनले भोटेकोसी नदीमा आएको बाढीपहिरोबाट १३ वटा जलविद्युत् आयोजना प्रभावित भएको बताउँदै पीडितको घाउमा मलम लगाउने प्रयास गरेको बताए ।

मोहनविक्रम कार्की समूहले एक करोड ६५ लाख र हिमप्रसाद पाठक तथा समूहले एक करोड ५१ लाख, पुष्पज्योति ढुङ्गाना तथा समूहले एक करोड सात लाख ७७ हजार ७७५, बटु लामिछाने तथा गणेश कार्की समूहले ८७ लाख ७७ हजार ७७७, इशा श्रेष्ठ समूहले ६५ लाख रकम सहयोग गरेका छन् ।

यस्तै बुटवल पावर कम्पनी समूह र कम्पनीहरूले ५१ लाख ४१ हजार ९८६, उत्तमब्लोन लामा तथा समूहले ५१ लाख, माउन्टेन इनर्जी नेपालले ५१ लाख, सुमन कर्माचार्य तथा समूहले ५० लाख र अजयबल्लभ पन्त तथा समूहले ५० लाख आर्थिक सहयोग गरेका छन् ।

टिएन आचार्य तथा समूहले २६ लाख, सन्तोषराज नेपाल तथा समूहले २५ लाख २५ हजार, मोहनकुमार डाँगी तथा समूहले २५ लाख, दिनेश गुरुङ तथा समूहले २५ लाख, अनुप आचार्य तथा समूहले २५ लाख, साङग्रिला ऊर्जा लिमिटेड र घलेम्द्री हाइड्रो लिमिटेडले २५ लाख रकम आर्थिक सहयोग गरेका छन् ।

रघुनाथ पुरी तथा समूह (गोरक्ष हाइड्रो) ले २५ लाख, उमेश श्रेष्ठ तथा समूहले (कालङ्गा ग्रुप) ले २० लाख ७० हजार, कदम केसी तथा समूहले २० लाख १० हजार, अभिज्ञा मल्ल तथा समूहले २० लाख १० हजार, भुषण गुरागाँई तथा समूहले (न्यादी ग्रुप)ले २० लाख, बिजी ग्रुप तथा हाइड्रो सोलुसनले १५ लाख आर्थिक सहयोग गरेका छन् ।

बलराम खतिवडा तथा समूहले १५ लाख, गोपाल न्यूरे तथा समूह (संयुक्त ऊर्जा र चितवन इनर्जी) ले ११ लाख ११ हजार ११०, सुभास साङ्घाई र श्रीधर न्यौपाने (ग्रिन भेञ्चरर्स) ले ११ लाख, विक्रम विष्ट तथा समूह (इसुवा इनर्जी प्राली) ले १० लाख ५५५, बाबुराम थापा (अभियान समूह) ले सात लाख ५१ हजार, नारायण कँडेल तथा समूहले पाँच लाख ५५ हजार ५५५ ले आर्थिक सहयोग गरेका छन् ।

केशवबहादुर रायमाझी तथा समूहले पाँच लाख ५५ हजार ५५५, आत्माराम घिमिरे तथा समूह (लिबर्टी इनर्जी) पाँच लाख ५५ हजार ५५५, अर्जुन गौतम (अपरहेवा) ले पाँच लाख ५५ हजार ५५५, सोमनाथ कँडेल तथा समूहले पाँच लाख नौ हजार ९९९ रकम आर्थिक सहयोग गरेका छन् ।

यस्तै कृष्णप्रसाद घिमिरे तथा समूह (विकास हाइड्रो) ले पाँच लाख पाँच हजार ५५५, प्रकाश दुलाल तथा समूहले पाँच लाख पाँच हजार, सुमन जोशी तथा समूहले पाँच लाख, जगदिश शिवाकोटी तथा समूहले पाँच लाख, मकरीगाड हाइड्रोपावर लिमिटेडले पाँच लाख, दीपक पौडेल (सानीभेरी हाइड्रो) ले पाँच लाख, रिडी पावर तथा समूहले पाँच लाख, नर्थ समिट हाइड्रो लिमिटेडले पाँच लाख र सुपरहेवा पावर कम्पनी लिमिटेडले पाँच लाख आर्थिक सहयोग गरेका छन्।

अपोलो हाइड्रोपावर लिमिटेडले तीन लाख, भिजन टेस्ला पावर प्रालीले दुई लाख, प्रतिमा ज्ञवाली तथा समूहले एक लाख, भरतखत्री तथा समूहले एक लाख, चिर्खवा हाइड्रोपावर तथा निको इनर्जीले एक लाख र चम्पावती हाइड्रोपावर लिमिटेडले ५० हजार सहयोग गरेका छन् । इप्पान दैवीप्रकोप उद्धार कोषले छ लाख ३२ हजार २३ रकम प्रधानमन्त्री दैविप्रकोप तथा उद्धार कोषमा सहयोग गरेका हुन्।

भदौ ११ गते बसेको इप्पानको आकस्मिक कार्यसमिति बैठकले सहयोगका लागि आह्वान गरेको थियो ।