घट्यो सुनचाँदीको मूल्य


काठमाडौँ । बुधबार छापावाल सुनको मूल्य तोलामा ८ हजार ८०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ३ लाख ६ हजार १०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य बुधबार २ लाख ९७ हजार ३०० रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला १८० रूपैयाँले घटेर ४ हजार ५८० रूपैयाँमा कारोबार भइरहेको छ ।