काठमाडौँ । एफवान सफ्ट ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ३५ लाख सहयोग गरेको छ ।
एफवानसफ्ट ग्रुप अन्तर्गतका इसेवा, फोनपे र एफवानसफ्ट इन्टरनेसनल तथा ग्रुप कम्पनीका कर्मचारीहरूको संयुक्त पहलमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बिहीबार १ करोड ३५ लाख रुपैयाँ सहयोग गरिएको कम्पनीले जनाएको छ ।
कम्पनी र कर्मचारीहरूको संयुक्त प्रयासमा गरिएको यो सहयोग बाढीबाट प्रभावितहरूसँगै उभिने र आवश्यक परेको समयमा राहत तथा पुनःस्थापनाका प्रयासमा सहयोग पु¥याउने उद्देश्यले योगदान गरिएको कम्पनीको भनाई छ ।
भोटेकोशीको विनाशकारी बाढीपछि सहयोग जुट्नेक्रम जारी । एफवान सफ्टले पनि कोषमा सहयोग गरेको हो ।


प्रतिक्रिया दिनुहोस्