काठमाडौँ । भोटेकोशी बाढीमा परित मृत्यु हुनेको सङ्ख्या १,३४१, बेपत्ता र पुगेको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार १३४१ को शव भेटिएको छ भने अझै ४ हजारभन्दा बढी बेपत्ता रहेका छन् ।
१,३४१ शवहरूमध्ये ५२३ पुरुष, ३२५ महिला र ४०३ वटा आंशिक मानव अङ्ग रहेका छन् ।
४,०४४ जना नागरिक बेपत्ता भएको तथ्याङ्क सङ्कलन भएको छ । बेपत्ता भएका कुल ४,०४४ जनामध्ये ३,४३८ जना स्वदेशी नागरिक (२,८६३ पुरुष र ५७५ महिला) र ६०६ जना विदेशी नागरिक (२६९ पुरुष, ३३२ महिला र ५ अन्य) रहेका छन्।
बेपत्ता र मृतकहरूको पहिचानलाई सहज बनाउन डिएनए सङ्कलन कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ । हालसम्म १,२८६ मृतक र १,१८६ मृतकका आफन्त गरी कुल २,४७२ ओटा नमूना सङ्कलन गरिएको प्रहरीले जनाएको छ ।
पहिचान भएका शवहरूमध्ये ९८ वटा शव आफन्तलाई हस्तान्तरण गरिएको छ । पहिचान हुन नसकेका १,०३७ वटा शवलाई सुरक्षित रूपमा जमिनमुनि व्यवस्थापन गरिएको छ भने पहिचान नभएका १,२९७ जनाको विवरण पहिचानका लागि वेबसाइटमा अपलोड गरिएको छ ।
उद्धार, उपचार र सुरक्षा जनशक्ति परिचालनबाढी प्रभावित क्षेत्रबाट हालसम्म ९,१५१ जनाको सुरक्षित उद्धार तथा उपचार गरिएको छ, जसमा ६,३१९ पुरुष, २,७७८ महिला र पहिचान नखुलेका ५४ जना छन् । विस्थापित भएका ३,०९८ जनालाई विभिन्न होल्डिङ्ग सेन्टरहरूमा आश्रय दिइएको प्रहरीको तथ्याङ्कमा छ । प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य अझै निरन्तर जारी रहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्