आज राष्ट्रिय शोक


काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्झनामा सरकारले आज राष्ट्रिय शोक घोषणा गरेको छ ।

भदौ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले बाढीमा ज्यान गुमाएकाको सम्झनामा आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो ।

आज नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झन्डा आधा झुकाइने छ ।

भदौ १८ गते आएको विनाशकारी बाढीले ठुलो जनधनको क्षति गरेको छ । अहिले पनि उद्दारका कामहरू चलिरहेका छन् ।

बाढीबाट झण्डै १५ को मृत्यु भएको पुष्टि भएको छ भने ५ हजार जना बेपत्ता भएको प्रारम्भिक तथ्याङ्क छ । भौतिक पूर्वाधारमा समेत ठुलो क्षति पुगेको छ ।