विपद्पछिको पुनरुत्थान र आवश्यकता आकंलनबारे अर्थमन्त्री डा. वाग्लेले विकास साझेदारहरू सँग गरे छलफल


काठमाडाैँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले विपद्पछिको पुनरुत्थान र आवश्यकता आकंलनबारे अर्थ मन्त्रालयमा विकास साझेदारहरू छलफल गरेका छन् ।

सिंहदरबारस्थित अर्थ मन्त्रालयको सुवर्ण हलमा सुरु भएको स्थानीय विकास साझेदारहरूको बैठक जारी छ । बैठकमा प्रमुख दातृ निकायका २० भन्दा बढी मिसन प्रमुख तथा कन्ट्री डाइरेक्टरहरूको उपस्थिति छ ।

बैठकमा रसुवा बाढी विपद्पछिको खोज, उद्धार तथा प्रारम्भिक पुनरुत्थान, द्रुत विपद् आवश्यकता आकलन र क्षति मूल्यांकनका विषयमा सरोकारवालाहरूबीच विस्तृत समीक्षा हुने जनाइएकाे छ ।