तोलामा ३४ सय रूपैयाँले बढ्यो सुनको मूल्य


काठमाडौँ । विहीबार छापावाल सुनको मूल्य तोलामा ३ हजार ४०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार बुधबार प्रतितोला ३ लाख २ हजार ४०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य विहीबार ३ लाख ५ हजार ८०० रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला १०५ रूपैयाँले बढेर ४ हजार ८५५ रूपैयाँमा कारोबार भइरहेको छ ।