बढ्यो सुनचाँदीको मूल्य


काठमाडौँ । आइतबार छापावाल सुनको मूल्य तोलामा एक हजार २०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ३ लाख १ हजार रूपैयाँ रहेको छापावाल सुनको मूल्य आइतबार ३ लाख २ हजार २०० रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला ६० रूपैयाँले बढेर ४ हजार ६६० रूपैयाँमा कारोबार भइरहेको छ ।