स्रोत नखुलेको रकम सहित हुण्डी कारोबारमा संलग्न एक जना पक्राउ


काठमाडाैँ । नेपाल प्रहरीले स्राेत नखुलेकाे रकम सहित हुण्डी काराेबारमा संलग्न एक जनालाई पक्राउ गरेकाे छ ।

शनिबा काठमाडौँ महानगरपालिका २६ ठमेल संचयकोष सडक खण्डमा प्रहरी वृत्त दरवारमार्गबाट खटिएको टोलीले चेकजाँचको क्रममा काभ्रेपलान्चाेक चौरी देउराली गाउँपालिका ३ घर भई हाल काठमाडौँ ठमेल बस्ने २० वर्षका युवराज घतानीलाई पक्राउ गरेकाे हाे ।

केशरमहलबाट भिआइपी चोकतर्फ जाँदै गरेको बा.९७ प. २६४४ नं को स्कुटरलाई चेकजाँच गर्दा स्रोत नखेलेको १३ लाख ७५ हजार रूपैयाँ फेला पारेर उनलाई नियन्त्रणमा लिएर हुण्डी कारोबार सम्बन्धी कसूरमा काठमाडौँ जिल्ला अदालतबाट दिन ५ (पाँच) म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जनाएकाे छ ।