बढ्यो सुनचाँदीको मूल्य


काठमाडौँ । आइतबार छापावाल सुनको मूल्य तोलामा २ हजार १०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ३ लाख ३ हजार १०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य आइतबार ३ लाख ५ हजार २०० रूपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला २० रूपैयाँले बढेर ४ हजार ७९५ रूपैयाँमा कारोबार भइरहेको छ ।