काठमाडौँ । विहीबार छापावाल सुनको मूल्य तोलामा ३ हजार २०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ३ लाख २ हजार ३०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य विहीबार २ लाख ९९ हजार १०० रूपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला १६५ रूपैयाँले घटेर ४ हजार ६५० रूपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्