नेप्से परिसूचक ११ अंकले बढ्यो


काठमाडौँ । साताको कारोबारको तेस्रो दिन सेयरबजारमा दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सेयर मापक सूचक नेप्से परिसूचक ११.७७ अंकले बढेर २६२९.८१ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका १३ ओटा उपसमुहमध्ये १२ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने एउटा उपसमुहको सेयरमूल्य घटेको छ ।
बिहीबार शिवम् सिमेन्ट लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको ३५ करोड ८१ लाख बढिको सेयरकारोबार भएको छ ।
आजको दिन नेपाल ल्युब ओएल लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १२.४७ प्रतिशतले बढेको छ ।

त्यस्तै आज मिड सोलू हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ११ प्रतिशतले घटेको छ ।

कुल ३५६ कम्पनीको सेयर १ करोड ७२ लाख ७० हजार ४ सय ४९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४४ करोड ७३ लाख बढिको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।