संसारमा स्वतन्त्र अस्तित्व रहेका प्रायः सबै देशका मुद्रा संकेत हुने गरेका छन् । मुद्रा संकेतले त्यो देश आर्थिक एवं सांस्कृतिक रूपमा कति सबल वा सम्पन्न छ भन्ने बुझिन्छ । त्यसैले विश्वका समृद्ध र सम्पन्न सबै मुलुकका मुद्रा संकेत हुने गरेका छन् । पहिले मुद्रालाई सम्बन्धित देशको भाषामा जुन नामले पुकारिन्थ्यो त्यही नामले चिनिन्थ्यो ।
हामीले रूपैयाँ भन्यौ, त्यसैले ?पैयाँ लेख्यौँ । त्यसैगरी भारतले आफ्नो मुद्रालाई रूपया भन्यो, त्यही लेख्यो । श्रीलंकामा रूपी भनियो, सिन्हाली र तमिल भाषामा त्यही लेखियो । पाकिस्तानले पनि आफ्नो मुद्रालाई रूपी भन्यो, उर्दूमा त्यही नै लेखिन थालियो। मालद्वीप (मालदिभ्स) मा पनि उसको मुद्रालाई रूफिया भनियो, उसले पनि दिवेही भाषामा त्यही लेख्न थाल्यो । बंगलादेशले टाका भन्यो, उसले टाका लेख्यो । संयुक्त राज्य अमेरिकाले डलर भन्यो, यूएस डलर लेख्यो । संयुक्त अधिराज्य बेलायतले पाउण्ड स्टर्लिङ भन्यो, त्यही लेख्यो । यसैगरी जापानले आफ्नो मुद्रालाई येन भन्यो र त्यही लेख्यो । चीनले युआन भन्यो, चिनियाँ भाषामा त्यही लेख्दै आयो ।
संसारमा प्रविधिले अभूतपूर्व फड्को मारेसँगै यसलाई निश्चित संकेतले बुझाउन आवश्यक भइसकेको छ । विश्वव्यापीकरणसँगै हाम्रा व्यापार व्यावसाय पनि अन्तर्राष्ट्रियस्तरमा पुगेका छन् । मुद्रा निश्चित भाषामा नभएर मेशिनले संसारभरका मुद्रा चिन्नुपर्ने अवस्था आएको छ । मेशिनले मुद्रा पहिचान गर्न निश्चित भाषाका अक्षर होइन, यसका लागि संसारभर प्रयोग हुँदै आएका कुनै पनि भाषाका अक्षरसँग हुबहु नमिलेर एउटा प्रतीकका रूपमा प्रयोग गर्नुपर्ने भएको छ ।
त्यसैले सबै देशले प्रविधिको विकाससँगै मुद्रालाई संकेतका रूपमा चिनाउन आवश्यक भएको हो । संयुक्त राज्य अमेरिकाले डलरलाई ४ संकेत प्रयोग ग¥यो । बेलायतले पाउण्ड स्टर्लिङलाई £ ले बुझाउन थाल्यो । यूरोपेली यूनियनले साझा मुद्रा यूरोलाई € संकेतले बुझाउन थाल्यो । रूसले आफ्नो मुद्रा रूबललाई ₽ ले संकेत गर्न थालेको छ । छिमेकी देश चीनले युआनलाई ¥ ले बुझाउन थाल्यो । थाइल्यान्डले उसको मुद्रा भाट (ब्हाट) बुझाउन ฿ प्रचलनमा ल्याएको छ । कोस्टारिकाले उसको मुद्रा कोलोन बुझाउन ₡ प्रयोगमा ल्याएको छ । घानाले आफ्नो मुद्रा सेदीलाई ₵ ले संकेत गरेको छ ।
यसैगरी दक्षिण कोरियाले कोरियाली मुद्रा वन बुझाउन ₩ प्रयोग गर्ने गरेको छ । फिलिपिन्सले उसको मुद्रा बुझाउने पेसोका निम्ति ₱ चलाउने गरेको छ । नाइजेरियाले आफ्नो मुदा नाइरा बुझाउन ₦ प्रयोगमा ल्याएको छ । बंगलादेशले टाकाका निम्ति ৳ प्रयोग गर्ने गरेको छ । छिमेकी देश भारतले पनि आनो मुद्रालाई संकेत गर्न २०६७ साल असार ३१ गते (सन् २०१० जुलाई १५ तारिख) देखि ₹ प्रयोगमा ल्याएको छ ।
यसरी मुद्रा संकेत बनाउँदा केही नियम छन् । तिनलाई पालन गर्नुपर्छ । सम्बन्धित देशमा आफ्नो मुद्रालाई के भनिन्छ, प्रायः त्यसैको सुरूको अक्षरबाट मुद्रा संकेत बनाइन्छ । जस्तैः यूरोलाई बुझाउने संकेत € सुरू उनीहरूले बोल्ने शब्द रोमन लिपिको अक्षर भ् बाट बनाइयो । रूसले आफ्नोमुद्रा रूबलको संकेत ₽ सुरू अक्षर सिरिलिक लिपिको ए (आर) बाट बनायो, रूसी भाषामा यो अक्षर (ए) आर हो । थाइल्याण्डले उसको मुद्रा संकेत ฿ भाट (ब्हाट) को पहिलो अक्षर B बाट सुरू गयो । कोस्टा रिकाले कोलोन ₡ को पहिलो अक्षर C र घानाले पनि सेदी ₵ को पहिलो अक्षर C बाट आफ्नो मुद्रा संकेत प्रचलनमा ल्याए । चीनले युआनको संकेत ¥ युआनको सुरू अक्षर Y बाट प्रचलनमा ल्यायो । भारतले पनि उसको मुद्रा रूपयाको सुरूको अक्षर रू (र) बाट ₹ प्रचलनमा ल्याएको हो ।
नेपालमा हामीले हाम्रो मुद्रालाई रूपैयाँ भन्छौं । यसको पहिलो अक्षर ‘र’बाट सुरू हुने हुन्छ । यहाँनेर एउटा समस्या देखापर्छ । दक्षिण एसियाका नेपाल, भारत, पाकिस्तान, मालद्वीप, श्रीलंकामा रूपैयाँ वा रूपियाँ वा रूफिया भनिन्छ । यसैगरी इन्डोनेसियामा रूपिआ, मौरिससमा रूपया, सिचेल्समा रूपया भनिन्छ । यी सबै संस्कृत भाषाको रौप्यम् शब्दबाट बनेका हुन् । यसैले यी देशमा प्रयोग हुने सबै मुद्राको सुरूवात ‘र’ अक्षरबाट हुने हुँदा तिनीहरूका मुद्राका संकेत र नेपाली मुद्राको संकेत पृथक हुनु आवश्यक छ ।
मुद्राको संकेतलाई दुई भाग लगाइएको हुनु अनिवार्य मानिन्छ । अमेरिकी डलर $, यूरो €, बेलायती पाउण्ड स्टर्लिङ £, चिनियाँ युआन ¥, थाई ब्हाट ฿, भारतीय रूपया ₹, कोस्टारिकन कोलोन ₡, नाइजेरियन नाइरा ₦, रूसी रूबल ₽, कोरियाली वन ₩, फिलिपिन्सको मुद्रा पेसो ₱ सबैलाई बिचबाट रेखाले काटेको छ । त्यो छेदक (काट्ने)म रेखा भनेको व्यापारको प्रतीक तराजुको दण्डी हो ।
नेपालले पनि अन्तर्राष्ट्रिय नीति नियम र व्यापारसँग समन्वय गर्नुपर्ने हुन्छ । विगतमा छालाका मुद्रा हुँदै धातुका मुद्रा प्रचलनमा ल्यायौँ । बोक्न असहज र असुरक्षित भएपछि धातुका मुद्राबाट कागजी नोट प्रयोग गर्न पुग्यौं । हाम्रो मुद्रामा पनि रूपैयाँ लेखेर काम चलाउँदै आएका छौं । प्रविधिको विकाससँगै मुद्रा अब डिजिटलाइज्ड बन्न पुगेको छ । त्यसका लागि रूपैयाँ वा त्यसको संकेत दिने रू ले मात्र पुग्दैन । त्यसका लागि मेसिनले बुझ्ने विशेष संकेत आवश्यक हुन्छ ।
संसारका विभिन्न देशले कारोबारलाई सहज बनाउन मुद्रा संकेत प्रचलनमा ल्याएका छन् । विश्वव्यापी रूपमा व्यापारिक कारोबार सहज बनाउन विशेष संकेत बनाउनु जरूरी छ । हाम्रा छिमेकी देशहरूले विद्युतीय मुद्रा (ई–करेन्सी) चलाउन थालिसकेका छन् । यो अवस्थामा हामीले मुद्रा संकेत बनाउन निकै विलम्ब भइसकेको छ । अर्को कुरा हामीले बेलैमा नेपाली मुद्रा रूपैयाँको संकेत बनाउन सकेनौँ भने रूपैयाँ, रूपी भनिने देशका मुद्रा संकेतबाट बेग्लै खालका प्रतीक बनाउन सहज हुनेछैन ।
संसारमा प्रचलित अन्तर्राष्ट्रिय मान्यता र सिद्धान्तको वर्षौंदेखि अध्ययन गरी नेपाली मुद्राको संकेत आवश्यकता महसुस गरिएको हो । डिजिटलाइज्ड युगमा अन्तर्राष्ट्रिय पहुँच कायम गर्न र विद्युतीय मुद्रा (ई–करेन्सी)मार्फत कारोबार गर्न अत्यावश्यक कुरा भएकाले मेरो विविध क्षेत्रको ज्ञान र क्षमता प्रयोग गरी मुद्रा संकेतका लागि हुनुपर्ने अन्तर्राष्ट्रिय मापदण्डका सबै नियम पालना गरी मैले केही नमुना पेश गरेको छु । (टक्सार म्यागजिन, २०७९ फागुन अंक, पृष्ठ ६८ देखि ६९ सम्म)
प्रतिक्रिया दिनुहोस्