काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले दूग्ध विकास संस्थान (डीडीसी) को सुधारको कार्ययोजना अगाडि सारेसँगै दैनिक १ करोड रकम किसानलाई भुक्तानी भइरहेकाे बताएकी छिन् ।
पछिल्लो चार महिनाकोे करिब ५८ करोड रुपैयाँ बक्यौता दायित्वमध्ये हाल १२ करोड रकम भुक्तानी भइसकेको छ, भने एक महिनाको रकम आउँदो १३ गते भित्र भुक्तानी गर्ने तयारी रहेकाे उनकाे भनाइ ।
डीडीसीको हाल दैनिक करिब एक करोड रूपैयाँको कारोबार भइरहेकाे छ भने, सो रकम दैनिक रूपमा किसानलाई भुक्तानी भइरहेको छ । बाँकी रहेको रकम करिब ४६ करोड रुपैयाँ २ महिनामा भुक्तानी हुने गरि कार्य भइरहेकाे छ ।
दैनिक कारोबार र भुक्तानी प्रक्रिया नियमित रूपमा अघि बढिरहेकाले बाँकी रकम समेत चरणबद्ध रूपमा किसानको खातामा पुग्ने मन्त्री चौधरीले बताइन् ।
दुग्ध किसानको श्रम र योगदानको सम्मान गर्दै किसानको हितलाई प्राथमिकतामा राखेर समस्या समाधानका लागि सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्