तीनओटा अध्यादेश राष्ट्रपति समक्ष सिफारिस


काठमाडौँ । सरकारले तीनओटा अध्यादेश जारीका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।

आज दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले तीनओटाटा अध्यादेश जारी गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

उनका अनुसार, भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश सिफारिस गरिएको हो ।

भोटेकोकोसी प्रलयलाई ध्यान दिँदै विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गर्न लागिएको पनि उनले बताए ।