नेप्सेमा झिनो अंकको वृद्धि


काठमाडौँ । साताको कारोबारको चौथो दिन सेयरबजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जकाअनुसार बिहीबार सेयर मापक सूचक नेप्से परिसूचक २.३१ अंकले बढेर २५७४.६५ अंकमा पुगेको छ ।

आज नेप्सेका कारोबार भएका कुल १३ उपसमुहमध्ये ६ ओटा उपसमुहको सेयरमूल्य घटेको छ भने बाँकी ७ ओटा उपसमहुको सेयरमूल्य बढेको छ ।

बिहीबार नेप्सेमा घलेम्दी हाइड्रोपावरको सबैभन्दा धेरै कारोबार भएको थियो । कम्पनीको २६ करोड ६ लाख बढिको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको दिन नेप्सेमा कुथेली बुखरी स्मल हाइड्रोपावरको सबैभन्दा धेरै कारोबार भएको थियो । कम्पनीको सेयरमूल्य १५ प्रतिशतले बढेको छ ।
कुल ३५४ कम्पनीको १ करोड १२ लाख ३३ हजार ६ सय ३६ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ९३ करोड बढिको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।