काठमाडौँ । सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी भएपछि सरकारले विभिन्न सार्वजनिक निकायमा ६११ जना पदाधिकारी नियुक्त गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव हेमराज अर्यालका अनुसार विभिन्न मन्त्रालय, आयोग, प्रतिष्ठान, विश्वविद्यालय, बोर्ड, काउन्सिल तथा संस्थानअन्तर्गतका ८० वटा निकायमा नियुक्ति तथा पदपूर्ति गरिएको हो।
कुल नियुक्तिमध्ये विभिन्न मन्त्रालयबाट ४१९ जना, मन्त्रिपरिषद्बाट १४ जना र प्रधानमन्त्रीबाट नियुक्त हुने १७८ जना रहेका छन्। सरकारले नियुक्ति प्रक्रियालाई खुला, प्रतिस्पर्धात्मक र पारदर्शी बनाइएको जनाएको छ।
मन्त्रालयगत विवरणअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत सबैभन्दा धेरै १६९ जना नियुक्त भएका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत ८२ जना र शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गत ७० जना पदाधिकारी नियुक्त भएका छन्।


प्रतिक्रिया दिनुहोस्