३ महिनामा साढे ६ खर्ब रूपैयाँ बराबरको आयात


काठमाडौँ । चालु आर्थिक वर्ष २०८३ ८४ को ३ महिनामा साढे ६ खर्ब रूपैयाँ बराबरको आयात भएको छ ।

भन्सार विभागको तथ्यांक अनुसार ६ खर्ब ४६ अर्ब ७८ करोड २५ लाख ४० हजार रूपैयाँ बराबरको आयात भएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८.१८ प्रतिशतले बढेको हो ।

गत आर्थिक वर्षको सोही अवधिमा नेपालले ४ खर्ब ६८ अर्ब ८ करोड ३३ लाख २१ हजार रूपैयाँ बराबरको आयात भएको थियो ।

नेपालको निर्यात एक खर्ब १४ अर्ब २८ करोड ८४ लाख ४४ हजार रूपैयाँ बराबरको निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा नेपालले ७२ अर्ब ७८ करोड २८ लाख ५ हजार रूपैयाँ बराबरको निर्यात गरेको थियो । नेपालको निर्यात गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५७.०३ प्रतिशतले बढेको हो ।

नेपालको वैदेशिक व्यापार ४०.७१ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको ३ महिनामा ७ खर्ब ६१ अर्ब ७ करोड ९ लाख ८४ हजार रूपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ ।

यस्तै, नेपालको व्यापार घाटा ३४.७१ प्रतिशतले बढेको छ । यो अवधिमा नेपालको व्यापार घाटा ५ खर्ब ३२ अर्ब ४९ करोड ४० लाख ९६ हजार रूपैयाँ बराबरको व्यापार घाटा छ ।