३१ अंकले बढ्यो नेप्से परिसूचक, करिब साढे ८ अर्ब रूपैयाँभन्दा बढीको कारोबार


काठमाडौँ । साताको कारोबारको चौथो दिन सेयरबजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार विहीबार सेयर मापक सूचक नेप्से परिसूचक ३३।२९ अंकले बढेर २६९५.६० अंकमा पुगेको छ ।

आज नेप्सेका कारोबार भएका १३ ओटै उपसमहु सेयरमूल्य बढेको छ ।

विहीबार नेप्सेमा घलेम्दी हाइड्रोपावरको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३५ करोड ६१ लाख ६८ हजार रूपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको दिन नेप्सेमा बेनी हाइड्रोपावर प्रोजेक्टका लगानीकर्ताहरूले सबैभन्दा बढी कमाएका छन् । कम्पनीको सेयरमूल्य १५ प्रतिशतले बढेको छ ।

यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयरमूल्य ३.६५ प्रतिशतले घटेको छ ।

कुल ३५० कम्पनीको २ करोड ३२ लाख ५८ हजार ९ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ५७ करोड ९८ हजार रूपैयाँभन्दा बढीको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।