काठमाडौं । नेकपा (एमाले)का नेता एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालले स्वतन्त्र, सन्तुलित र विश्वासमा आधारित परराष्ट्र नीति अवलम्बन गर्नुपर्ने बताएका छन् । काठमाडौं । नेकपा (एमाले)का नेता एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालले स्वतन्त्र, सन्तुलित र विश्वासमा आधारित परराष्ट्र नीति अवलम्बन गर्नुपर्ने बताएका छन् ।
काठमाडौंमा फ्रेन्ड्स अफ सिल्क रोड क्लब नेपाल र नेपाल–चाइना फ्रेन्डसिप फोरमद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले नेपाल कुनै पनि शक्ति राष्ट्रको रणनीतिक समूहमा आबद्ध नभई असंलग्नता र पञ्चशीलको सिद्धान्तअनुसार अघि बढ्नुपर्ने बताए ।
ज्ञवालीले चीन र भारत दुवैसँग पारदर्शी, विश्वसनीय र सन्तुलित सम्बन्ध कायम गर्नुपर्नेमा जोड दिए। छिमेकी मुलुकहरूसँग अविश्वास बढ्ने गतिविधिले नेपालमाथि असह्य भूराजनीतिक दबाब सिर्जना हुन सक्ने उनकाे भनाइ थियो ।
उनले ठूला राष्ट्रहरूको बीचमा रहेको नेपालको भौगोलिक अवस्थालाई कमजोरी नभई अवसरका रूपमा लिनुपर्ने उल्लेख गर्दै चीनको आर्थिक, प्राविधिक र उत्पादन क्षमतालाई नेपालको विकासका लागि उपयोग गर्नुपर्ने बताए ।
ज्ञवालीले चीनको कम्युनिष्ट पार्टीको संगठनात्मक र नीतिगत व्यवस्थापनबाट नेपाली कम्युनिष्ट पार्टीहरूले समेत पाठ सिक्नुपर्ने धारणा राखे ।


प्रतिक्रिया दिनुहोस्