एआइ हतियार बनाउन बाइडनले जोड दिँदा मानव अधिकारमा गम्भीर खतरा उत्पन्न हुने चेतावनी


काठमाडौ । कृत्रिम बौद्धिकता(एआइ)बाट सञ्चालित हुने स्वचालित हतियार प्रणालीको विकास गर्न अमेरिका र उसका सहयोगीहरूले एआईबाट सञ्चालित हुने स्वचालित हातहतियारमा वैश्विकरूपमा प्रतिबन्ध लगाउने प्रयासलाई अस्वीकार गर्नुपर्ने अमेरिकी प्रतिवेदन सार्वजनिक भएको छ ।

अमेरिकी राष्ट्रपति र अमेरिकी संसदका लागि तयार पारिएको प्रतिवेदनमा यस्तो उल्लेख गरिएको छ ।

यो प्रतिवेदनले यस्ता वैश्विक सन्धिलाई रूस र चीनले नमान्ने भएकोले अमेरिकाले एआइसञ्चालित हातहतियार बनाउनुपर्ने जनाएको छ ।
आलोचकहरूले यसले हातहतियारको होडबाजी बढाउने चिन्ता व्यक्त गरेका छन् ।

क्याम्पेन टु स्टप किलर रोबोट्सका प्रवक्ता प्रोफेसर नोइल शार्कीले यो प्रतिवेदन डरलाग्दो भएको र यसले एआइ हतियार बनाउने निर्णयले यसको प्रसारलाई अगडि बढाउने बताएका छन् ।

एआइको क्षेत्रमा सर्वाधिक बरिष्ठ वैज्ञानिक शार्कीले यसको परिणाम भयावह हुने बताए । यो प्रतिवेदन कार्यान्वयनमा आए यसले अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लंघन गर्ने उनले चिन्ता व्यक्त गरे ।

७५० पृष्ठ लामाो यो प्रतिवेदनमा सन् २०३०सम्म विश्वको अगुवा बन्ने चीनको महत्वाकांक्षालाई जवाफ दिने विषयमा सल्लाह सुझाउ दिइएको छ ।
अमेरिकाका बरिष्ठ सैन्य अधिकारीहरूले चीनको भ्यागुते उफ्राइलाई ध्यान नदिए अमेरिकाले सैन्य सर्वोच्चता गुमाउने चेतावनी सो प्रतिवेदनमा उल्लेख छ ।