प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिमूलक छैन, तर पनि प्रधानमन्त्रीले जनतालाई जानकारी दिनुपर्छः गगन थापा


काठमाडाैँ । नेपाली काँग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण उपलब्धिमूलक नभएको टीप्पणी गरेका छन् । 

मंगलबार पार्टी केन्द्रिय समितिको बैठकमा सम्बोधन गर्दै उनले भ्रमणले नेपालको दीर्घकालिन हित हुने कुनै दीर्घकालिन उपलब्धी हासिल गर्न नसकेको टिप्पणी गरेका हुन् ।

तरपनि भारत भ्रमणका बारेमा प्रधानमन्त्रीले देशवासीलाई जानकारी गराउनुपर्ने उनको भनाइ छ । नेपालको दीर्घकालीन हितसँग जोडिएका विषयमा सम्झौता भएको भएमा त्यसको स्पष्ट जानकारी दिन उनले माग गरे ।

उनले भने, “प्रधानमन्त्रीजीको भर्खर भारत भ्रमण भयो । केही उपलब्धिमूलक कुराहरू भएका छन्, स्वागत गरेका छौँ हामीले । सकारात्मक भनेका छौँ । नेपालका केही दीर्घकालीन हितका विषयका सन्दर्भमा हामी केही पनि देखिरहेका छैनौँ । हामी बोल्न हतार गर्दैनौँ । तर विषयका सन्दर्भमा हामी माग गर्दछौँ कि प्रधानमन्त्रीले देशवासीलाई बताउनुपर्छ, के–के भएका हुन्, उपलब्धिहरू के–के हुन् । यी कुराहरूका बारेमा हाम्रो जिम्मेवारी होइन ? हामीले यसको बारेमा जानकारी लिनुपर्दैन ?”

प्रधानमन्त्री शाहले हालै भारतको दुई दिने भ्रमण गरेका थिए ।