सिद्धार्थ इन्स्योरेन्सद्धारा लाभाशं घोषणा, बोनस सेयर कति ?


काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले गत वर्षको मुनाफाबाट सेयरधनीलाई लाभाशं घोषणा गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको कुल १५.७८ प्रतिशत लाभाशं घोषणा गरेको हो

हिजो बुधबार बसेको कम्पनी संचालक समितिको बैठकले आर्थिक वर्ष ०७६/७७का लागि हाल कायम पुँजी १ अर्ब रुपैयाँ कुल १५ प्रतिशत लाभाशं प्रस्ताव गर्ने निर्णय गरेको हो ।

कम्पनीले कुल चुक्ता पुँजीबाट १२ करोड रुपैयाँ बराबरको १२ प्रतिशत बोनस सेयर र ३ करोड ७८ लाख ९४ हजार ७३६.८४ रुपैयाँबराबरको नगद लाभाशं(करसहित) रहेको छ ।

कम्पनीले प्रस्ताव गरेको उक्त निर्णय राष्ट्रबैंकको स्विकृतपछि आगामी साधारण सभाले पारित गरेर मात्रै सेयरधनीलाई वितरण हुनेछ ।