भक्तपुर । भक्तपुरको राधे राधेस्थित प्रजापति कम्प्लेक्समा आगलागी भएको छ। कम्प्लेक्सको भवनको माथिल्लो तलाबाट आगो लागेको हो।
आगलागीको कारण खुल्न सकेको छैन। स्थानीयवासीले भने आगलागी भएको स्थानमा ग्यास लिक भएको हुन सक्ने आशंका गरेका छन्। यद्यपि, ग्यास लिक भएरै आगलागी भएको हो वा अन्य कारणले भन्नेबारे पुष्टि हुन सकेको छैन।
घटनाबारे थप विवरण प्राप्त हुन बाँकी छ।


प्रतिक्रिया दिनुहोस्