बेलायती राजकुमार ह्यारीले उपाधि त्यागेर गर्ने भए नोकरी


काठमाडौ । बेलायती राजपरिवारको उपाधि त्यागेर बेलायती राजकुमार ह्यारीले नोकरी गर्न थालेका छन् ।

मानसिक स्वास्थ्यसम्बन्धी सेवा दिने कम्पनी बेटरअपको एक कार्यकारीको रूपमा काम गर्न ह्यारी नियुक्त भएका हुन् ।

कम्पनीका प्रमुख कार्यकारी अलेक्सी रोबिचाउक्सले लोकप्रियता कमाउन नभए उनको मानसिक स्वास्थ्यसम्बन्धी सेवाको क्षमताका लाागि नियुक्त गरिएको बताएका हुन् । ह्यारीलाई चिफ इम्प्याक्ट अफिसरको भूमिका नियुक्त गरिएको हो ।

अमेरिकाको सनफ्रान्सिस्कोमा बेटरअप कम्पनी स्थापित छ । यो कम्पनीले मानसिक स्वास्थ्य सहयोग र कोचिङ दिने कामदारको बिक्री गर्छ ।
ह्यारीका लागि यो उनको व्यक्ति जीवनको यात्रा र व्यक्तिगत अभियानका लागि राम्रो काम हुने रोबिचाउक्सले बताए ।

विश्वका सर्वाधिक चर्चित पुरूषहरू मध्ये एक ह्यारी भएको बताउँदै उनले ह्यरीले पत्नी मेघन मर्केलसँग बसेर दिएको अन्तर्वार्ता विश्वभर ठूलो चर्चा पाएको बताए ।
ह्यारीका लागि सनफ्रान्सिस्को प्रधानकार्यालयमा निजी कार्यालय नहुने उनी मतहातका कामदारहरूले उनलाई सीधा रिपोर्ट गर्ने रोबिचाउक्सले बताए ।

काम गर्ने ठाउँमा उनलाई राजकुमार नभनी ह्यारी नै भनिने उनको भनाइ छ । रोचिबाउक्सले आफू ह्यारीलाई साझेदारको रूपमा व्यवहार गर्ने बताए । मालिक र कामदारको रूपमा व्यवहार गर्न मैले नसोचेको उनको भनाइ रहेको छ ।

बेलायती राजपरिवारको उपाधि त्याग्न दुई वर्षसम्म प्रयास गरेपछि गत मार्च ७मा ओप्राह विनफ्रेलाई ह्यारीसँग उनकी पत्नी मर्केलले दिएको अन्तर्वार्ताले तरङ ल्याएको थियो ।