यस्ता छन् ५० उत्कृष्ट अन्तर्राष्ट्रिय चिनियाँ ब्राण्ड

प्रमुख १० मा प्रविधि कम्पनी



काठमाडौं । चिनियाँ प्रमुख ५० अन्तर्राष्ट्रिय ब्राण्डको सूची सार्वजनिक भएको छ । जसमध्य प्रमुख १० मा प्रविधि कम्पनी पर्न सफल भएका छन् ।

गुगल र क्यान्टारद्वारा संयुक्तरुपमा अध्ययन गरी प्रकाशित ‘दि टप ५० क्यान्टार ब्राण्ड्जी चाईनिज ग्लोबल ब्राण्ड ब्यूल्डर्स २०२१’ रिपोर्ट अनुसार ज्याक मा प्रमुख रहेको कम्पनी अलिबाबा एक नम्बरमा पर्न सफल भएको छ ।

प्रतिवेदन अनुसार टिकटकको माउ कम्पनी बाइटडान्स र तेस्रोमा ह्वावे परेको छ । चौथोमा मोबाइल फोन निर्माता कम्पनी साओमी, पाँचौमा लेनोभो र छैटौंमा ओपो रहेको छ ।

समग्रतामा उत्कृष्ट ब्राण्डहरुमा सातौं नम्बरमा हाइसेन्स, आठौमा हायर छ भने नवौंमा वलप्लस र दशौंमा भिभो परेको छ ।प्रविधिकम्पनीहरुमा जेटटिई २१ औं स्थानमा छ भने अनर २८ मा छ ।

एयरलाइन्स कम्पनी एयर चाइना १५ नम्बरमा परको छ भने चाइना स्टर्न २० औं स्थानमा छ । इलेक्ट्रिक कार उत्पादक कम्पनी विवाइडी २९ औं स्थानमा छ । पचासौं नम्बरमा ट्रिप डटकम छन् । अन्यमा गाडि उत्पादकदेखि इलेक्ट्रिक कम्पनीहरु छन् ।

प्रतिवेदनका अनुसार गत वर्षको विश्वभर लकडाउनका बाबजुद पनि उत्कृष्टमा पर्न सफल कम्पनीहरुले स्टे एट होम को अवधारणालाई प्रवद्र्धन गरेका छन् भने आफ्नो सेवा निरन्तरता दिंदै उत्कृष्ट प्रस्तुति दिएको पाइएको छ ।

उपभोक्तासम्म सिधा पहुँच विस्तार र उपभोक्ताको हित र चाहनालाई सम्मान गर्दै व्यापारमा पनि उत्तिकै सफल हुनु यी कम्पनीहरुको फरक विशेषता रेहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदन हेर्न यहाँ क्लीक गर्नुहाेस् 


40Shares

facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button
print sharing button