लुम्बिनीको आर्थिक वृद्धिदर दोस्रो उच्च


काठमाडौं । चालू आर्थिक वर्ष २०७७/७८ मा लुम्बिनी प्रदेशको आर्थिक वृद्धिदर ३.९ प्रतिशत रहने केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।

यो बागमतीपछि दोस्रो उच्च आर्थिक वृद्धिदर हो । बागमतीको वृद्धिदर ४.७ प्रतिशत रहने विभागले जानकारी दिएको छ । अर्थतन्त्रको आकारका हिसाबले लुम्बिनी तेस्रो ठूलो अर्थतन्त्र भएको प्रदेश हो ।

कुल राष्ट्रिय अर्थतन्त्रको १४ प्रतिशत हिस्सा ओगट्ने लुम्बिनीको अर्थतन्त्रको आकार ५ खर्ब ९६ अर्ब रुपैयाँबराबर पुगेको छ । कोभिड-१९ महामारीका कारण गत वर्ष लुम्बिनी प्रदेशको वृद्धिदर १.८ प्रतिशतले संकुचित भएको थियो ।

लुम्बिनी प्रदेशको आर्थिक वृद्धिदरमा कृषिले करिब ३२ प्रतिशत योगदान गरेको विभागले जानकारी दिएको छ ।