धितोपत्र व्यवसायको अनुमति माग्दै विकास बैंक


काठमाडौं । आफ्ना साहयक कम्पनीमार्फत धितोपत्र व्यवसाय गर्ने अनुमति माग्दै विकास बैंकहरुले धितोपत्र बोर्डसमक्ष निवेदन दिएका छन् ।

धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ६२ मा “बोर्डको सिफारिसमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी प्रचलित कानून बमोजिम स्थापना भएका बैंक वा वित्तीय संस्थाले आफ्नो सहायक कम्पनी मार्फत मात्र धितोपत्र व्यवसाय गर्न पाउने गरी तोकिदिन सक्नेछ” भन्ने र सोही ऐनलाई कार्यान्वयन गर्नका लागि नेपाल सरकारबाट स्वीकृति लिइ नेपाल धितोपत्र बोर्डले बनाएको धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को दफा ७ को १ नं. बुँदामा “प्रचलित कानून बमोजिम स्थापना भएको ‘क’ वर्गका बैंक वा विशेष ऐन द्वारा स्थापित वित्तीय संस्थाको कम्तिमा ५१ प्रतिशत स्वामित्व भएको सहायक कम्पनीले बोर्डबाट अनुमतिपत्र प्राप्त गरी धितोपत्र दलाल वा धितोपत्र व्यापारीको कार्य गर्न सक्नेछ” भन्ने व्यवस्था अनुसार ब्रोकरको अनुमती माग्दै विकास बैंकहरूले बोर्डलाई निवेदन लेखेका छन् ।

राष्ट्रिय स्तरका विकास बैंकहरुको औषत चुक्ता पूँजी ३ अर्ब ४० करोड रुपैयाँ नाघी सकेको छ । त्यसैगरी विकास बैंकहरुले एक हजार बढी शाखाबाट करिव ४१ लाख खातावालाहरुलाई बैंकिङ् सेवा प्रदान गर्दै ३ लाख बढी ग्राहकलाई कर्जा प्रवाह गरेका छन् ।