अरुण काबेली पावरद्धारा १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने घोषणा


काठमाडौं । अरुण काबेली पावर लिमिटेडले शत प्रतिशत हकप्रद सेयरको घोषणा प्रस्ताव गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७÷७८ का लागि लाभांश प्रस्ताव गर्नुका साथै हकप्रद जारी गर्ने निर्णय गरेको छ ।

हिजो बसेको कम्पनी संचालक समितिको बैठकले गत आर्थिक वर्षका लागि कुल १७.८९ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । जसमा १७ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.८९ प्रतिशत नगद लाभांश रहेका छन्।

बैठकले बोनस सेयर जारी पनि हुन आउने चुक्तापुँजीको १ः१ अर्थात १०० प्रतिशत हकप्रद जारी गर्ने निर्णय पनि गरेको छ ।

कम्पनीले संचालक समितिको बैंठकले राखेको प्रस्ताव पारित गर्न यहि भदौ २६ गते काठमाडौंको थापाथलीस्थित ट्रेड टावर नेपालमा रहेको कम्पनीको प्रधान कार्यालयमा बिहान ११ बजेदेखि भर्चुअल साधारण सभा बोलाएको छ ।

उक्त साभाले लाभांश अनुमोदन गर्दै हकप्रद जारी गर्ने मुख्य एजेन्डा पारित गर्नेछ। लाभांश र सभा प्रयोजनका लागि कम्पनीले आउँदो भदौ १५ गतेदेखि भदौ २५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।