सिटिजन्स म्युचुअल फण्ड १ र २ ले गरे लाभांश प्रस्ताव


काठमाडौं । सिविआईएल क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित सिटिजन्स म्युचुअल फण्ड अन्तर्गतका दुई ओटा योजनाले लाभांश सार्वजनिक गरेका छन् ।
लाभांश प्रस्ताव गर्नेमा सिटिजन्स म्युचुअल फण्ड १ र सिटिजन्स म्युचुअल फण्ड २ रहेका छन् ।

योजना व्यवस्थापक सिविआईएल क्यापिटलको भदौ १ गतेको सञ्चालक समितिको बैठकले दुबै योजनाका इकाईधनीहरुलाई एउटै अनुपातमा ४० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो । यो लाभांश प्रयोजनका लागि बुक क्लोजको मिति भने तोकिएको छैन ।