नेप्सेमा नयाँ किर्तिमान कायम, कारोबार रकम पनि सवा २१ अर्ब माथि


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज हरियाली छाएको छ । सुरुवाती समयदेखि बढेको नेप्स कारोबार सुरु भएको २ घण्टामा ३२ सय अंक नाघेको थियो । कारोबार रकमको पनि बलियो साथ पाएको नेप्से आज ३८ अंकले बढेर नयाँ कीतिमान कायम भएको छ । नेप्से परिसूचक ३८.२८ अंकले बढेर ३१९८.६० अंक पुगेर नयाँ कीतिमान कायम गरेको छ । त्यस्तै सेन्सेटिभ इन्डेक्स पनि ४.८३ अंकले बढेर ५९८.११ अंकमा रोकिएको छ ।

आज १३ ओटा उपसमूहमध्ये ११ ओटा उपसमूहको परिसूचक बढेको छ भने बाँकी रहेका २ ओटा उपसमूहको परिसूचक घटेको छ ।

कारोबार रकमको आधारमा नेसनल हाईड्रोपावर कम्पनी लिमिटेडले सर्वाधिक हिस्सा आगटेको छ । यो कम्पनीको आज ७८ करोड ८७ लाख ३ हजार ५्२० रुपैयाँ बराबको सेयर खरिद बिक्री भएको हो ।

नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये ९ ओटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज सेयरमूल्य उच्च बृद्धि हुने कम्पनीहरुमा अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, अरुण काबेली पावर, शिवम् सिमेन्ट, जीवन विकास लघुवित्त वित्तिय संस्था,गुडवील फइनान्स कम्पनी, आँखुखोला जलविद्युत कम्पनी, लुम्बिनी विकास बैंक, महालक्ष्मी विकास बैंक र एनआरएन इनफाइन्ट्रक्चर डेभलपमेन्ट कम्पनी रहेका छन् ।

आज कूल २२८ ओटा कम्पनीको ३ करोड ६५ लाख ९ हजार ७५१ कित्ता सेयर खरिद बिक्री हुँदा २१ अर्ब ३१ करोड ३४ लाख ८९ हजार २६९ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।