नेप्से १८ अंकले घट्दा ओरालो लाग्दै हाइड्रो पावर


काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेन्ज नेप्से ओरालो लागेको छ । बिहीबार नेप्से परिसूचक ओरालो लागेपछि कारोबार रकमले लगानीकर्ताको मनोबल बढाएको छ ।

आज नेप्से परिसूचक १८.१७ अंकले बढेर ३१८०.८६ अंकमा झरेर रोकिएको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक पनि ८.३२ अंकले घटेर ५९०.१७ अंकमा रोकिएको छ ।

आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये ५ वटा उपसमुहमा हरियाली छाएको छ भने ८ वटा उपसमुह राताम्ये भएका छन् ।

केहि दिन यता लगातार बढिरहेको बजारमा लगानीकर्ताहरुले नाफा बुक गर्न खोज्दा केही करेक्सन आएको सेयर विज्ञहरु बताउँछन् ।

बजार सकरात्मक नै रहेको र लगानीकर्ताले केही दिन देखि बढेको जलविद्युत् समुहको नाफा बुक गर्न खोज्दा केही करेक्सन आएको नेपाल इन्भेन्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले बताए ।

उनले भने “अहिले बजारमा आत्तिनु पर्ने कुनै कारणहरु छैन् सबै सेक्टरहरु एकैचोटी बढ्ने र घट्ने हुँदैन त्यसैले अब अन्य सेक्टरहरु पनि बढ्ने हुनाले अबको बजार माथी नै जानेछ ।”

नेप्सेमा आज निर्जीवन बीमा समूह सर्वाधिक ३.२ प्रतिशतले उकालो लागेको छ । जीवन बीमा समूह २.६४ प्रतिशतले बढेको आज व्यापार समूह ०.४९ प्रतिशत, अन्य समूह १.६८ प्रतिशत र लघुवित्त समूह ०.८५ प्रतिशतले बढेको छ ।

त्यस्तै आज लगानी समूह सवैभन्दा धेरै ३.९९ प्रतिशतले ओरालो लागेको छ । जलविद्युत समूह ३.१८ प्रतिशतले घटेको भने बैंकिङ समूह ०.९३ प्रतिशत, होटेल तथा पर्यटन समूह ०.८३ प्रतिशत, विकास बैंक समूहमा २.५८ प्रतिशत, वित्त समूहमा २।२९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.२६ प्रतिशत र म्युचुअल फन्ड समूहमा ०.५८ प्रतिशतको गिरावट आएको छ ।

आज नेप्सेमा कारोबार रकमको आधारमा अरुण काबेली पावर कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको १ अर्ब १६ करोड ७८ लाख३२ हजार ४ सय ३५ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै आज जीवन विकास लघुवित्त कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाए भने हाइड्रो इलेक्ट्रिसिटी डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए ।

आज कूल २२९ ओटा कम्पनीको ३ करोड ९ लाख १२ हजार ६९७ कित्ता सेयर खरिद बिक्री हुँदा २० अर्ब ४९ करोड ९२ लाख १० हजार ७६७ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।