सिनर्जी पावरको सेयरमूल्य नेप्सेमा समायोजन


काठमाडौं । नेपाल स्टक एक्सेञ्ज नेप्सले शुक्रवार सिनर्जी पावर डेभलपमेण्ट लिमिटेडको सेयरमूल्य समायोजन गरेको छ ।

नेप्सेले कम्पनीको प्रस्तावित १० प्रतिशत बोनस सेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो । कम्पनीको बिहीवार कायम भएको अन्तिम मूल्य रू।६९७ को आधारमा नेप्सेले १० प्रतिशत बोनस सेयरपछिको मूल्य रू। ६३४ तोकेको हो ।