विश्व स्कुल दूध दिवस मनाइयो (फोटो फिचर)


काठमाडौं । विश्वभर भनाइदै आइएको विश्व स्कुल दूध दिवस नेपालमा पनि मनाइएको छ । यस वर्षको दिवस विश्वमा २१ औं र नेपालमा छैटौं संस्करण हो ।

नेपाल डेरी एसोसिएशनको आयोजनामा बालबालिकालाई दूध पान गराइ बुधबार दिवस मनाइएको हो ।

एसोसिएशनको केन्द्रीय समिति र बागमती प्रदेश समितिको संयुक्त आयोजनामा काठमाडौंको कमलपोखरीस्थित कमल आधारभूूत विद्यालयका बालबालिकालाई दूधपान गराई मुल कार्यक्रम मनाइएको हो ।

विश्वमा कुनै पनि बालबालिकाहरुले दूध तथा दुग्ध पदार्थ सेवनबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले सन् २००० देखि सेप्टेम्बर महिनाको अन्तिम बुधबारका दिन विश्व स्कुल दूध मनाइउको आइएको छ ।

दूधलाई पूर्ण भोजनका रुपमा लिइन्छ । मानिसको जन्मने बेलाको प्रथम आहार मानिन्छ।

जन्मेको ६ महिनासम्म मानिसलाई दुध मात्र दिइन्छ र दुध मानिसको जीवनको महत्वपूर्ण रूपमा लिइन्छ।

सांस्कृतिक रूपमा पनि जन्मेको दिनदेखि मर्ने बेलासम्म र मरिसकेपछि पनि दूधको आवश्यकता पर्ने गर्दछ ।