काठमाडौं । डिजिटल मुद्रा बिटकोइनको कारोबारलाई एल सलभाडोरले वैधानिक गरे लगत्तै बिटकाइनको मूल्यमा १६ प्रतिशतको गिरावट देखिएको छ । एल सलभाडोरमा यस विरूद्ध प्रदर्शन भएका छन् ।
सोमबार अबेरसम्म ५२ हजार अमेरिकी डजर बराबरको बिटक्वोइन मूल्यमा ह्रास भइ ४३ हजार १सय अमेरिकी डलरमा अडिएको छ ।
यो गिरावटमा केही सुधार भइ १३ प्रतिशतको ह्रासमा ४५ हजार ५१२ अमेरिकी डलर बराबरमा कारोबार भएको हो ।
एल सलभाडाेर मध्यअमेरिकी देशहरूमा गरिब मध्येकाे एक मुलुकमा पर्दछ । हिजाे मात्र एल सलभाडाेरले अमेरिकी डलर जस्तै बिटक्वाइनकाे काराेबारलाइ बैधानिकता दिएकाे हाे ।
प्रतिक्रिया दिनुहोस्