प्रत्यक्ष बैदेशिक लगानीको सबैभन्दा धेरै आकर्षण औद्योगिक र सेवा क्षेत्रमा


काठमाडौं । नेपालमा प्रत्यक्ष बैदेशिक लगानी मध्य सबैभन्दा धेरै औद्योगिक र सेवा क्षेत्रमा अकर्षण देखिएको छ ।

राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार प्रत्यक्ष वदेशिक लगानीमध्य ५६ प्रतिशत औद्योगिक र ४३.९ प्रतिशत सेवा क्षेत्रमा रहेको छ । औद्योगिक क्षेत्र अन्तर्गत उत्पादन क्षेत्रमा २८.३ प्रतिशत र जलविद्युत क्षेत्रमा २७.५ प्रतिशत लगानी देखिएको छ ।

यसै गरी गरी कुल प्रत्यक्ष वैदेशिक लगानीमध्य २७.३ प्रतिशत सेवा क्षेत्र अन्तर्गत बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीमा रहेको छ । नेपाल राष्ट्र बैंकको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन,२०७६/७७ अनुसार आर्थिक वर्ष २०७६/०७७ को अत्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात ८.५ प्रतिशतले बृद्धि भई रु. १९८ अर्ब ५२ करोड रुपैयाँ कायम भएको छ ।

त्यस्तै चुक्ता पुँजीको अंश ५४.४ प्रतिशत,रिजर्भ ३३.८ प्रतिशत र कर्जाको अंश ११.८ प्रतिशत रहेको छ । चुक्ता पुँजीको अंश २२.६ प्रतिशतले बढेको कुल प्रत्यक्ष वैदेशिक लगानीमा बृद्धि आएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

२०७७ असार मसान्तसम्ममा नेपालमा ५२ देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ ।

जसमध्य,भारतबाट सबैभन्दा बढी अर्थात् ६२ अर्ब ४५ करोड रुपैयाँ र त्यसपछि क्रमस चीनबाट ३० अर्ब ९७ करोड,सेन्ट किष्टस एण्ड नोभिसबाट १५ अर्ब २७ करोड रुपैयाँ,आयरल्याण्डबाट १२ अर्ब ९३ करोड रुपैयाँ र सिंगापुरबाट १२ अर्ब ४३ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी रहेको देखिएको प्रतिवेदनमा उल्लेख छ ।