भारतीय निजी रेल ढुवानी सेवा पहिलो पटक नेपालमा


काठमाडौं । भारतको निजी रेल ढुवानी सेवा कम्पनीले पहिलो पटक  कन्टनेर लिएर नेपाल प्रवेश गरेको छ ।

वीरगञ्ज सुख्खा बन्दरगाहमा हिन्द टर्मिनल निजी रेल कम्पनीले ९० कन्टेनर लिएर पहिलो पटक आएको हो ।

जुलाई सन् २०२१मा भारतको निजी रेल कम्पनीले नेपालमा ढुवानी सेवा गर्ने गरी भएको नेपाल र भारत सरकारबीच भएको पारवहन सम्झौताअनुसार सो कम्पनीले नेपालमा ढुवानी सुरु गरेको हो ।

करिब १७ वर्षसम्म भारत सरकारको स्वामित्वमा रहेको कम्पनीले मात्रै नेपालमा यो सेवा दिँदै आएको थियो ।

भारतीय रेलको सहयोगी संस्था कोन्करले मात्र नेपालमा रेलमार्फत कन्टेनर ल्याउने काम गर्दै आएको थियो ।

निजी क्षेत्रको हिन्द टर्मिनलले हल्दिया बन्दरगाहबाट सो सामान भरिएको कन्टेनर ल्याएको हो ।

यसबाट नेपाली उद्योगी व्यवसायीलाई आयात/निर्यात गर्न सहज हुने विश्वास उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको रहेको छ ।