आजदेखि दसैँ -तिहारका लागि नयाँ नोट साटिने


काठमाडाैं । नेपाल राष्ट्र बैंकले आजदेखि दसैँ -तिहारका लागि नयाँ नोटको वितरण सुरु गरेको छ । नेपाल राष्ट्र बैंकले कोरोना भाइरसबाट बच्न जनस्वास्थ्यका मापदण्ड अपनाउँदै सर्वसाधरणका लागि नयाँ नोट साट्ने व्यवस्था मिलाएको हो ।

हरेक वर्ष दशैंमा नयाँ नोट वितरण गर्दै आएको राष्ट्र बैंकले अघिल्लाे बर्ष कोरोनाका कारण नयाँ नोट वितरण गरेको थिएन । यस वर्ष कोरोना संक्रमण  घटेपछि राष्ट्र बैंकले नोट वितरण गर्न लागेको हो ।

राष्ट्र बैंकले बालुवाटार कार्यालय र प्रदेशस्थित ७ वटै प्रदेशका प्रादेशिक कार्यालयहरुबाट नयाँ नोट वितरण हुने जनाएको छ । राष्ट्र बैंकले सर्वसाधरणका लागि ३५ अर्ब रुपैयाँ बराबरको नयाँ नोट सटही गर्ने तयारी गरेको छ ।

प्रति व्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले नयाँ नोट वितरण हुनेछ ।