एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयर असोज २५ देखि निष्काशन हुने


काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले आफ्ना सेयरधनीलाई ३० प्रतिशत हकप्रद सेयर खुलाएको छ । बैंकले यहि असोज २५ गतेदेखि २४ लाख भन्दा बढी कित्ता हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको हो ।

बैंकले चुक्तापुँजी ८१ करोड ११ लाख २१ हजार २२४.७२ रुपैयाँको १०ः३ अनुपातमा हकप्रद सेयर बिक्री गर्न लागेको हो । बैंकले १०० अंकित दरका कुल २४ लाख ३३ हजार ३६३.६७४२ कित्ता हकप्रद जारी गर्नेछ।

उक्त हकप्रद सेयर निष्कासन गर्नको लागि बैंकले गत साउन ३१ गते नियामक निकाय नेपाल धितोपत्र बोर्ड बाट स्विकृती पाएको थियो ।
बैकको उक्त हकप्रदमा लगानीकर्ताले असोज २५ गतदेखि कात्तिक १४ गते बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन्

कम्पनीले उक्त सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

यो हकप्रदमा नेपाल धितोपत्र बोर्डबाट आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत पनि आवेदन दिन सकिनेछ।

बैंकले असोज १ गते नै बुक क्लोज गरिसकेकाले भदौ ३१ गते सम्म कायम सेयरधनीले उक्त हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।