समयमै मल आयात गर्न कृषि सचिव आचार्यको आग्रह


काठमाडौं । समय अगाडिनै मल आयात गर्न मलखाद व्यवसायीलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयका कृषि सचिव डा.कृष्ण प्रसाद आचार्यले आग्रह गरेका छन् ।

सँधै समय सकिएपछि मात्र आयात गर्नाले किसानले समयमा मल नपाएकाले उब्जनी पनि कम भएकोले समयमानै मल आयात गरेर देखाउन निजी क्षेत्रलाई आग्रह गरेका हुन् ।

सोमबार ललितपुरमा भएको मलखाद व्यवसायी संघ नेपालको पाँचौ साधारण सभा तथा दोस्रो अधिवेशनमा रासायनिक मलमा अझ बढि अनुदानको विषयमा छलफल गर्ने उनले बताए ।

“निजी क्षेत्रले बिक्रि गर्दा के परिवर्तन भयो ?, निजि क्षेत्रले मल वितरणमा संलग्न भएपछि किसानले सहजरुपमा पाएकि पाएनन् ? बाध्य पारेर बढि मुल्य लिएकी त्यो बुझ्न महत्वपूर्ण छ”, आचार्यले भने, “मलको गोदाम राम्रो नभए कार्बाही हुन्छ । वितरणमा प्रश्न उठ्यो भने निजी क्षेत्र पर्छ” ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पशुपन्छि विकास सचिव डा. गोविन्द प्रसाद शर्माले पहिला निजी क्षेत्रबाट मल आयात गर्दा बिक्रि गर्दा धेरै समस्या आएको र सरकारले बनाएको नीति नियम पनि चाँडै परिवर्तन हुने भएकोले समस्या थियो त्यस्तो नभएको बताए ।

कृषि सामग्री कम्पनीका महाप्रबन्धक नेत्र बहादुर भण्डारीले निजी क्षेत्रले कार्य क्षमता बढाउन त्यसको लागि बार्गेनिङ गर्नु नपर्ने बताएका छन् । उनले बिक्रि वितरणमा सुशासन महत्वपूर्ण रहेको बताए ।

“मल खरिद बिक्रिको सप्टवेयर बनेको छ कतिपय सहकारीले नमुनाको रुपमा प्रयोग गर्नु भएको छ कतिले गर्नु भएको छैन । दैनिक मल खरिद बिक्रि भएको हिसाब सप्टवेयरमा राखिदिन एक घण्टाको समय लाग्छ कृषि सामग्रीमा आप्mनो क्षमता देखाउनुस्”, उनले भने ।

सहकारीलाई नजोडी मलखाद व्यवसायी संघ बनाएकोले त्यसलाई संशोधन गरेर सहकारीलाई समेत जोड्न आग्रह गरे । उनले तथ्यांक सप्mटवेयरमा राखेर पारदर्शिता देखाउन मलखाद व्यवासयीलाई आग्रह गरेका छन् ।

भण्डारीले जिल्ला तहमा नसकेपनि प्रादेशिक तहमा समिति बनाउन सके राम्रो हुने बताए । कार्यविधि र निर्देशिकामा सहकारी भन्दा भिन्न नबन्न उनले आग्रह गरे । एकद्वार प्रणाली अन्र्तगत बिक्रि वितरण गर्न सप्टवेयर कार्यान्वयनमा गर्न जरुरी रहेको बताए ।