न्यादी हाइड्रोपावरकाे आईपिओमा आजबाट आवेदन दिन सकिने


काठमाडौं । न्यादी हाइड्रोपावरले आजबाट सर्बसाधारणको लागि आईपिओ बिक्रि खुला गरेको छ । कम्पनीले सर्वसाधारणका लागि २२ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो ।

यस अनुसार कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका २२ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन गर्नेछ । निष्काशन गरिने कुल शेयरमध्ये २ प्रतिशत अर्थात ४५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।

सर्वसाधारणले बाँकी २९ लाख ९२ हजार ५०० कित्ताका लागि आवेदन दिन सक्नेछन् । सर्वसाधारणले असोज १५ गतेदेखि असोज १९ गतेसम्म आवेदन दिन सकिने छन् । त्यस अवधिमा पूर्ण आवेदन नपरे असोज ३१ गतेसम्म आवेदन दिने मिति लम्बिनेछ ।

सो शेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ । ग्लोबल आइएमई क्यापिटल लिमिटेड बिक्री प्रबन्धकको रुपमा रहेको छ भने कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी आईआर डबल बी रेटिङ्ग प्रदान गरेको छ ।

बुटवल कम्पनी पावरको समेत लगानी रहेको यस कम्पनीले लमजुङमा ३० मेगावाटको न्यादी हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । कम्पनीले यसअघिनै भदौ १ गतेदेखि भदौ १५ गतेसम्म संस्थापक शेयरधनीहरु तथा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि आइपीओ बिक्री खुल्ला गरेको थियो ।