सोमबार नेप्से ६ अङ्कले घट्यो


काठमाडौँ । सोमबार सेयर बजार ६.६८ अङ्कले घटेको छ । आइतबार सेयर बजार ५५ अङ्कले घटेको थियो । ६.६८ अङ्कले बजार घटेर नेप्से परिसूचक २५७०.८१ अंकमा पुगेर बजार बन्द भएको छ ।

२ सय २७ कम्पनीको ७ करोड ६ लाख ३५ हजार २ सय २० कित्ता शेयर ४८ हजार २ सय ३६ पटक किनबेच हुँदा ३ अर्ब ६२ करोड ७७ लाख ९९ हजार रुपैयाँको कारोबार भएको छ ।

आज माईक्रोफाइनान्स समूहका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । माईक्रोफाइनान्स समूह ७२ अङ्कले बढेको छ ।

अन्य समूह २१.६१ अङ्कले, होटेल एन्ड टुरिजम समूह १२ र जीवन बिमा समूह ५ अङ्कले बढेको छ । त्यसै गरी आज सबैभन्दा बढी विकास बैङ्क समूहका लगानीकर्ताले गुमाएका छन् । विकास बैङ्क समूह ८६ अङ्कले ओरालो लागेको छ ।