मेरो माइक्रोफाइनान्सद्वारा २१ प्रतिशत लाभांश घोषणा, बोनस सेयर कति ?


काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको संचित मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांश घोषणा गरेको छ । हिजो बसेको कम्पनी संचालक समितिको बैठकले २१ प्रतिशत लाभांश घोषणा गरेको हो ।

कम्पनीको असोज १८ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५२६ प्रतिशत नगद गरी कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश राष्ट्र बैंकको स्विकृत भई र संस्थाको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।