आइपीओ पारित गर्न हिमालयन रिइन्स्योरेन्सले बोलायो प्रथम वार्षिक साधारणसभा


काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले प्रथम वार्षिक साधारणसभा बोलाएको छ । कम्पनी संचालक समितिको बैठकले आगामी कात्तिक १२ गते प्रथम वार्षिक साधारण सभा बोलाएको हो ।

कम्पनीले प्रथम वार्षिक साधारण सभा काठमाडौंको ठमेल स्थित अलफ्ट हाेटेलमा अपरान्ह ५ बजेबाट सुरु हुने बताएको छ ।

उक्त सभाले कम्पनीले सर्वसाधारणका लागि जारी गर्ने आइपीओ प्रस्ताव पारित गर्नेभएको छ ।

सभाले सञ्चालकहरुको निर्वाचन र नियुक्ति अनुमोदन गर्नेछ। प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र सो कार्य गर्न सञ्चालक समितिलाई आवश्यक सम्पूर्ण अधिकार प्रत्यायोजन गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ।

गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेज पनि छलफल गरी सभाले पारित गर्नेछ।